७ दिनमै नम्बर वान बन्यो कुथेली हाइड्रो, लगानीकर्ताले कति कमाए ?

<p>काठमाडौं । पूँजी बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यले सबै जलविद्युत कम्पनीलाई उछिनेको छ । मंगलबारकाे सेयर बजारमा सेयर मूल्यका आधारमा माउन्टेन इनर्जीलाई उछिनेर कुथेली बुखरी स्मल हाइड्रोपावर पहिलो स्थानमा उक्लिएको हो । दोस्रो बजारमा सबैभन्दा धेरै मूल्य भएको जलविद्युत कम्पीनहरुमध्ये हालै आईपीओ निष्काशन गरेको कुथेली बुखरी पहिलो नम्बरमा उक्लिएको हो । यसअघि सेयर मूल्यकाे [&hellip;]</p>

काठमाडौं । पूँजी बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यले सबै जलविद्युत कम्पनीलाई उछिनेको छ । मंगलबारकाे सेयर बजारमा सेयर मूल्यका आधारमा माउन्टेन इनर्जीलाई उछिनेर कुथेली बुखरी स्मल हाइड्रोपावर पहिलो स्थानमा उक्लिएको हो ।

दोस्रो बजारमा सबैभन्दा धेरै मूल्य भएको जलविद्युत कम्पीनहरुमध्ये हालै आईपीओ निष्काशन गरेको कुथेली बुखरी पहिलो नम्बरमा उक्लिएको हो । यसअघि सेयर मूल्यकाे आधारमा माउन्टेन इनर्जी पहिलो स्थानमा रहेको थियाे ।

कुथेली बुखरी कारोबारमा आएको दिनदेखि कम्पनीको सेयर मूल्यमा निरन्तर सर्किट लाग्दै आएको छ । मंगलबार पनि कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट १० प्रतिशत अर्थात् ८४.८० रुपैयाँ बढेर प्रतिकित्ता ९३३.१० रुपैयाँ पुगेको हो । यसअघि सोमबार कम्पनीको सेयर प्रतकित्ता ८४८.३० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

सेयर कारोबारका आधारमा पनि कुथेली बुखरीकाे सेयर सर्वाधिक भएको देखिन्छ । समाचार तयार पार्दासम्म कम्पनीको १५ हजार ३५८ कित्ता सेयर ९४५ पटक खरिद बिक्री हुँदा १ करोड ४० लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुथेली बुखरी भदौ ३ गते नेप्सेमा सूचीकृत भएको थियो भने भदौ ४ गतेदेखि कारोबारमा आएको हो । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ४७९ रुपैयाँमा भएको थियो ।

पहिलो दिनदेखि मंगलबारसम्ममा उक्त कम्पनीको सेयर ७ दिन कारोबार भएको छ । ७ दिनको अवधिमा पहिलो कारोबारको आधारमा कम्पनीको सेयर मूल्य ९४.८० प्रतिशत बढेको छ । यस आधारमा कम्पनीको १० कित्ता सेयरमा १ हजार लगानी गर्ने लगानीकर्ताले ७ दिनमै बढेर ९ हजार ३३१ रुपैयाँ कमाएका छन् ।

कम्पनीको चुक्ता पूँजी १२ करोड १८ लाख ६७ हजार रुपैयाँ छ । जसमध्ये कम्पनीमा सर्वसाधारणको २० प्रतिशत र संस्थापकको ८० प्रतिशत सेयर स्वामित्व छ ।

यसअघि सोमबारसम्म पहिलो स्थानमा रहेको माउन्टेन इनर्जी नेपाल दोस्रोमा झरेको छ । यो समाचार बनाउँदासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६.४० रुपैयाँ घटेर ८७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८७६.४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

जलविद्युत कम्पनीहरुमध्ये दोस्रो बजारमा सेयर मूल्यका आधारमा तेस्रो स्थानमा रुरु जलविद्युत परियोजना रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३.९० रुपैयाँ घटेर ७६०.१० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, शुभम पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, सुपरमाई हाइड्रोपावरको सेयर मूलय प्रतिकित्ता २०.५० रुपैयाँ घटेर ५५०.५० रुपैयाँ कारोबार भइरहेको नेप्सेले जनाएको छ ।

Share News