शिथिल सेयर बजारमा कुथेली भने निरन्तर उकालो, पाँच अंकले ओर्लियो बजार

<p>काठमाडौं । मंगलबारको सेयर बजार ५.०५ अंक घटेर बन्द भएको छ । केही दिनयता नेप्से परिसूचक २००० भन्दा तल झरेर कारोबार भइरहेको छ । सोमबार भने नेप्से १९९३.४२ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.७१ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ । सेयर [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजार ५.०५ अंक घटेर बन्द भएको छ । केही दिनयता नेप्से परिसूचक २००० भन्दा तल झरेर कारोबार भइरहेको छ ।

सोमबार भने नेप्से १९९३.४२ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.७१ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ ।

सेयर बजारमा केही दिन यता सुस्तता आएसँगै कारोबार रकम पनि अर्ब मुनी नै सीमित भइरहेको छ । सोमबारको कारोबारको तुलनामा मंगलबार झन घटेर कारोबार भएको छ ।

मंगलबार २७८ स्टकको २९ हजार ६४० पटकको कारोबारमा ८६ करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको ४० लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । सोमबारको बजारमा भने ९८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।

मंगलबारको सेयर बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उक्त कम्पनीको सेयर मुल्य सूचीकृत भएदेखि नै निरन्तर उकालो लागिरहेको छ ।

अहिले कुथेली बुखरी हाइड्रोमध्ये सेयर बजारमा पहिलो नम्बरको कम्पनी भएको छ । मंगलबार मात्रै उक्त कम्पनीको सेयर मूल्य ८४ रुपैयाँ ८० पैसा बढेर ९३३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ ।

मंगलबार ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको इकाईमूल्य ९.९९ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको तीन करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

सेयर बजारको १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक राताम्मे भएको छ ।

Share News