स्वीट्जरल्याण्डको प्रसिद्ध आइसक्रिम मुभएनपीक अब नेपाली बजारमा

<p>काठमाडौं । स्वीट्जरल्याण्डको चर्चित आइसक्रिम ब्राण्ड मुभएनपीक अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । शत प्रतिशत प्राकृतिक सामाग्रीको प्रयोगबाट तयार हुने मुभएनपीक आइसक्रिममा स्वीस शिल्प र कौशल देख्न पाइन्छ । व्यवसायीक घराना केएल दुगड समूहले मुभएनपीक नेपाली बजारमा ल्याएको हो । उक्त आइसक्रिममा कुनै स्टेबिलाइजर प्रयोग नभएको प्रिमियम आइसक्रिम सेगमेन्ट अन्तर्गत मानिन्छ । [&hellip;]</p>

काठमाडौं । स्वीट्जरल्याण्डको चर्चित आइसक्रिम ब्राण्ड मुभएनपीक अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ ।

शत प्रतिशत प्राकृतिक सामाग्रीको प्रयोगबाट तयार हुने मुभएनपीक आइसक्रिममा स्वीस शिल्प र कौशल देख्न पाइन्छ ।

व्यवसायीक घराना केएल दुगड समूहले मुभएनपीक नेपाली बजारमा ल्याएको हो ।

उक्त आइसक्रिममा कुनै स्टेबिलाइजर प्रयोग नभएको प्रिमियम आइसक्रिम सेगमेन्ट अन्तर्गत मानिन्छ ।

उक्त आइसक्रिमका लागि ठमेलस्थित ठमेल द कर्नरमा पहिलो आउटलेट सुरू गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्टोर विहान ११ बजेदेखि राती ११ बजेसम्म खुल्ला रहने कम्पनीले बताएको छ ।

त्यसैगरी, शुक्रबार र शनिबार भने राती २ बजेसम्म स्टोर खुल्ला रहने छ ।

Share News