गल्फ लुब्रिकेन्टको डिलर सेल्स एक्जिक्युटिभ मिट सम्पन्न

<p>काठमाडौं । गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयलले हालैमात्र आफ्नो डिलर सेल्स एक्जिक्युटिभ मिट सम्पन्न गरेको छ । यस्ताे कार्यक्रममा लुब्रिकेन्ट उद्योगमा सम्भवतः पहिलाे भएकाे कम्पनीले बताएकाे छ । कार्यक्रम पाेखरामा आयाेजना भएकाे थियाे । कार्यक्रममा नेपालभरका ५० भन्दा धेरै डिलर सेल्स एक्जिक्युटिभहरुको उत्साहजनक सहभागिता रहेकाे कम्पनीले बताएकाे छ ।  नेपाल ल्युब आयल [&hellip;]</p>

काठमाडौं । गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयलले हालैमात्र आफ्नो डिलर सेल्स एक्जिक्युटिभ मिट सम्पन्न गरेको छ । यस्ताे कार्यक्रममा लुब्रिकेन्ट उद्योगमा सम्भवतः पहिलाे भएकाे कम्पनीले बताएकाे छ । कार्यक्रम पाेखरामा आयाेजना भएकाे थियाे ।

कार्यक्रममा नेपालभरका ५० भन्दा धेरै डिलर सेल्स एक्जिक्युटिभहरुको उत्साहजनक सहभागिता रहेकाे कम्पनीले बताएकाे छ ।  नेपाल ल्युब आयल लिमिटेडले सेल्स टिमको स्तराेन्नतीका लागि यस्ताे कार्यक्रम आयाेजना गरेकाे बताएकाे छ । मिटमा प्राविधिक र बिक्री प्रशिक्षण, बजारको वर्तमान अवस्थाको बारे छलफल, कम्पनीको प्रणाली र प्रक्रियाबारे कार्यशाला तथा प्रोडक्ट प्रशिक्षण गरिएकाे थियाे ।

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराईले भने, ‘हाम्रो सेल्स टिम लुब्रिकेन्ट मार्केटमा सबै भन्दा राम्रो हो भनेर सुनिश्चित गर्ने जिम्मेवारी हाम्रो हो । एक प्रशिक्षित सेल्स एक्जेक्युतिभले ग्राहकहरूलाई आफ्नो लुब्रिकेन्टको आवश्यकताहरू पूरा गर्न अझ राम्रो मद्दत गर्न सक्छ ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउछ ।

Share News