सहकारी विभागले सार्वजनिक गर्‍याे समस्याग्रस्त सहकारीको सूची

<p>काठमाडौं । सहकारी विभागले समस्याग्रस्त सहकारी संस्थाहरुको सूची सार्वजनिक गरेको छ । विभागले २०७४ सालदेखि २०८० साउनसम्म समस्याग्रस्त घोषणा गरिएको १३ वटा सहकारी नामावली सार्वजनिक गरेको छ । पछिल्लो समय सहकारी क्षेत्रमा चरम समस्या देखिएको भए पनि विभागले भने गत साउनमा एउटा मात्रै सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । पछिल्लोपटक भने गत साउन १ गते [&hellip;]</p>

काठमाडौं । सहकारी विभागले समस्याग्रस्त सहकारी संस्थाहरुको सूची सार्वजनिक गरेको छ ।

विभागले २०७४ सालदेखि २०८० साउनसम्म समस्याग्रस्त घोषणा गरिएको १३ वटा सहकारी नामावली सार्वजनिक गरेको छ ।

पछिल्लो समय सहकारी क्षेत्रमा चरम समस्या देखिएको भए पनि विभागले भने गत साउनमा एउटा मात्रै सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

पछिल्लोपटक भने गत साउन १ गते विभागले पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

विभागले जारी गरेको सुचीमा २०७६ भन्दा अगाडि नै समस्याग्रस्त घोषणा भएका धेरै वटा सहकारी संस्थाको नाम छन् । २०७५ सालमा ९ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको थियो ।

विभागले २०७४ कात्तिक २० गते ओरेन्टल को–ओपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

Share News