घटेको सेयर बजारमा माछापुच्छ्रे बैंकको १० करोडको सेयर कारोबार

<p>काठमाडौं । बुधबार सेयर बजारमा नेप्से परिसूचक २.८२ अंक घटेर १९९०.५९ विन्दुमा झरेर बन्द भएको छ । मंगलरबार घटेको नेप्से बुधबार पनि घट्दो क्रममलाई निरन्तरता दिएको हो । बुधबार सेन्सेटिभ इण्डेक्स १.१३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक घटेको छ । सेयर बजारमा केही दिन यता कारोबार [&hellip;]</p>

काठमाडौं । बुधबार सेयर बजारमा नेप्से परिसूचक २.८२ अंक घटेर १९९०.५९ विन्दुमा झरेर बन्द भएको छ ।

मंगलरबार घटेको नेप्से बुधबार पनि घट्दो क्रममलाई निरन्तरता दिएको हो ।

बुधबार सेन्सेटिभ इण्डेक्स १.१३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक घटेको छ ।

सेयर बजारमा केही दिन यता कारोबार रकम समेत घटिरहेको थियो । तर, बुधबार भने कारोबार रकम बढेर अर्बभन्दा माथि पुगेको छ ।

बुधबार २७६ स्किप्टकाे ३२ हजार २९८ पटकको कारोबारमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको ३८ लाख ३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।

केही दिन यता सर्किट लेभलमा कारोबार भइरहेको कुथेली बुखरी हाइड्रोको सेयर मूल्य भने घटेको छ । बुधबारको बजारमा सिटि होटलको शेयर भने ९.८८ प्रतिशत अर्थात ६८ रुपैयाँ बढेर ७५६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

बुधबार सानिमा बैंकको ऋणपत्रको मूल्य ५.७२ प्रतिशत बढेको छ । बुधबारको बजारमा माछापुच्छ्रे बैंक कारोबारको आधारमा शीर्ष स्थानमा रहेको छ ।

बैंकले १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकाले यसको कारोबार धेरै भएको छ । माछापुच्छ्रे बैंकको १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १.३० प्रतिशत बढेको छ ।

Share News