काठमाडौं । एनआइएमबि क्यापिटलले एनआइबिएल प्रगति फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले फण्डका इकाईधनीहरुलाई गत वर्षको नाफाबाट ६.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
एनआइबिएल प्रगति फण्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८०को नाफाबाट कर सहित ६.८ प्रतिशतका दरले ५ करोड १० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।