बिहीबार पनि बढ्यो सुनको मूल्य

<p>काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । बुधबार तोलाको एक लाख १२ हजार पाँच सय रुपैयाँ रहेको सुनको मूल्य आज प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ [&hellip;]</p>

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । बुधबार तोलाको एक लाख १२ हजार पाँच सय रुपैयाँ रहेको सुनको मूल्य आज प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय ५० रुपैयाँ कायम भएको छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले घटेर एक हजार चार सय ८० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Share News