हिमालयन ८०-२० म्युचुअल फण्डमा मागभन्दा बढी आवेदन

<p>&nbsp; काठमाडौं । हिमालयन क्यापिटलको पहिलो म्युचुअल फण्डमा लगानीकर्ताहरुले माग भन्दा बढी आवेदन परेको छ । साउन ३२ गतेदेखि बिक्री खुला गरेको ‘हिमालयन ८०–२०’ फण्डमा शुक्रबारसम्म साढे ९१ करोड रुपैयाँ बराबरको आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । सिडिएसका अनुसार शुक्रबार ५ बजेसम्म ४६ हजार १४१ जना आवेदकले ९ करोड १४ लाख ६१ हजार [&hellip;]</p>

 

काठमाडौं । हिमालयन क्यापिटलको पहिलो म्युचुअल फण्डमा लगानीकर्ताहरुले माग भन्दा बढी आवेदन परेको छ । साउन ३२ गतेदेखि बिक्री खुला गरेको ‘हिमालयन ८०–२०’ फण्डमा शुक्रबारसम्म साढे ९१ करोड रुपैयाँ बराबरको आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ ।

सिडिएसका अनुसार शुक्रबार ५ बजेसम्म ४६ हजार १४१ जना आवेदकले ९ करोड १४ लाख ६१ हजार ८२० इकाईका लागि ९१ करोड ४६ लाख १८ हजार २ सय रुपैयाँ बराबरको आवेदन दिएका छन् । क्यापिटलले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंक र ८ करोड ५० लाख इकाईमा सर्वसाधरण लगानीकर्तालाई छुट्याएको छ ।

फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कुल लगानीमध्ये ८० प्रतिशत दीर्घकालीन लगानी मार्फत् कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने र बाँकी २० प्रतिशत पूँजी सक्रिय लगानी व्यवस्थापमा गर्नेछ । पूँजी बजारमा नविनत तथा अनुशासित लगानीको अभ्यास गरिरहेको क्यापिटलको सो फण्डको अवधि १० वर्ष रहेको छ ।

 

Share News