साताको सेयर बजार : नेप्से परिसूचकको ओरालो यात्रा जारी, कारोबार पनि घट्यो

<p>काठमाडौं । यस साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ । कुल ४ कारोबार दिनमा ३ दिन घटेको सेयर बजार एक दिन बढेको थियो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार सेयर बजारमा यो हप्ता ४ दिनमा कुल ४ अर्ब २४ करोड ६५ लाख २४ हजार ९३२ बराबरको कारोबार भएको छ । [&hellip;]</p>

काठमाडौं । यस साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ । कुल ४ कारोबार दिनमा ३ दिन घटेको सेयर बजार एक दिन बढेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार सेयर बजारमा यो हप्ता ४ दिनमा कुल ४ अर्ब २४ करोड ६५ लाख २४ हजार ९३२ बराबरको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार परिसूचक २०.५४ अङ्कले घटेर १ हजार ९९३.३८ पुगेको बजारमा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँ मूल्य बराबरको कारोबार भएको थियो । यस दिन कुल २८० कम्पनीका ३८ लाख ९५ हजार २३६ इकाई सेयर कारोबार भएका थिए ।

त्यस्तै कारोबारको दोस्रो दिन सोमबार परिसूचक ५.०९ ले बढेर १ हजार ९९८.४८ पुगेको बजारमा ९८ करोड ८६ लाख २८ हजार ५६२ रुपैयाँ मूल्य बराबराको कारोबार भएको थियो । यस दिन कुल २७९ कम्पनीका ३७ लाख ७९ हजार ७३१ कित्ता सेयर कारोबार भएका थिए ।

कारोबारको तेस्रो दिन परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको थियो । मङ्गलबार नेप्से परिसूचक ५.०५ अङ्कले घटेर १ हजार ९९३.४२ अङ्कमा कायम भएको थियो । यस दिन २७८ कम्पनीको ४० लाख ६ हजार ७३९ कित्ता सेयर २९ हजार ६४० पटक खरिद बिक्री हुँदा कारोबार रकम ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँमा खुम्चिन पुगेको थियो ।

त्यस्तै बुधबारको सेयर कारोबार मापक नेप्से परिसूचक २.८२ अङ्कले घटेर १ हजार ९९०.५९ अङ्कमा कायम भएको छ । कुल २७६ कम्पनीको ३८ लाख ३ हजार २४४ कित्ता सेयर ३२ हजार २९८ पटक खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब १३ करोड ८ हजार ४१ रुपैयाँ पुगेको थियो । यस हप्ता जम्मा चार दिन सेयर कारोबार भएको थियो ।

Share News