सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय

<p>काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ तोकिएको छ । साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँ [&hellip;]</p>

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ तोकिएको छ ।

साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँ तोकिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार चार सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

Share News