
काठमाडौं । आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । आइतबारबो सेयर बजारमा नेप्से परिसूचक २९.८१ अंक घटेर १९६०.७८ विन्दुमा झरेको छ ।
सेन्सेटिभ इण्डेक्स ५.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९८ अंक र सेन्सेटिभ इण्डेक्स १.६८ अंक घटेको छ ।
आइतबारको सेयर बजारमा २१२ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
गएको साताको अन्तिम दुई कारोबार दिनमा पनि आरोलो लागेको नेप्से आइतबारको बजारमा पनि सुधार हुन सकेन ।
नेप्से घटे पनि आइतबारको बजारमा कारोबार रकम भने बढेको छ ।
आइतबार २७६ स्टकको ३७ हजार ४१ पटकको कारोबारमा एक अर्ब १८ करोड ६६ लाख रुपैयाँ बराबरको ४० लाख ५३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।
आइतबार थ्रीस्टार हाइड्रोपावरको शेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ । उक्त कम्पनीको शेयरमूल्य २३ रुपैयाँ १० पैसा बढेर २५४ रुपैयाँ १० पैसा पुगेको छ ।
लिबर्टी इनर्जी र सिटि होटलको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
आइतबारको सेयर बजारमा सोल्टी होटलको सेयर कारोबार शीर्ष स्थानमा रहेको छ । सोल्टी होटलको तीन करोड ८८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, आइएमई लाइफ इन्स्योरेन्स र सिटि होटलको साढे ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
आइतबार सबै उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.०३ प्रतिशत घटेको छ भने जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।