काठमाडौं । एनआईसी एशिया क्यापिटलले सञ्चालन गरिरहेको म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेफ्ट फण्डले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
क्यापिटलल एनआईसी एशिया डाइनामिक डेफ्ट फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
क्यापिटलका अनुसार भदौ १७ गतेदेखि इकाईधनीहरुको हितग्राही खातामा सो लाभांश रकम जम्मा गर्न सुरु गरेको छ । साथै फण्डको लाभांश पुनः लगानी योजनामा सहभागि हुन आवेदन दिएका सम्पूर्ण इकाईधनीहरुको थप इकाई सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा चाँडै जम्मा गरिने बताएको छ ।
एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड एक खुलामुखी योजना हो । सो फण्डको कोष प्रवर्द्धक एनआईसी एशिया बैंक हो भने योजना व्यवस्थापक एनआईसी एशिया क्यािपटल हो ।