सेरेस मिनी ईभीको मूल्य सार्वजनिक, १४ देखी १८ लाख रुपैयाँ पर्ने

<p>काठमाडौं । सेरेसले नेपाल ल्याएको मिनी इभी ई–१ को मूल्य सार्वजनिक भएको छ । सो मिनी ईभी ३ भेरिएन्टमा उपलब्ध हुने नेपालका लागी आधिकारिक वितरक एमएडव्लु बृद्धि अटो कर्पले जनाएको छ । जसको मूल्य १४ लाखबाट शुरु भएर १८ लाखसम्म पर्नेछ । एमएडब्लु बृद्धिका अनुसार १८० किलोमिटर रेन्ज दिने ई–१ वेस र फुल अप्सनमा उपलब्ध [&hellip;]</p>

काठमाडौं । सेरेसले नेपाल ल्याएको मिनी इभी ई–१ को मूल्य सार्वजनिक भएको छ । सो मिनी ईभी ३ भेरिएन्टमा उपलब्ध हुने नेपालका लागी आधिकारिक वितरक एमएडव्लु बृद्धि अटो कर्पले जनाएको छ । जसको मूल्य १४ लाखबाट शुरु भएर १८ लाखसम्म पर्नेछ ।

एमएडब्लु बृद्धिका अनुसार १८० किलोमिटर रेन्ज दिने ई–१ वेस र फुल अप्सनमा उपलब्ध हुनेछ । जसको मूल्य १३ लाख ९९ हजार र १४ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसमा १३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ ।

यसैगरी लङ रेन्जको मूूल्य १७ लाख ९९ हजार तोकिएको छ । यसमा १६ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ भने सिंगल चार्जमा यसले २२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । एमएडब्लु स्रोतका अनुसार यो मूल्य सिमित अवधीका लागी मात्र लागु हुनेछ ।

यसअघि सेरेस–३ को मूल्य समेत सार्वजनिक गरेको थियो । कम्फर्ट र प्रिमियम भेरिएन्टमा उपलब्ध यसको मूल्य ४७ लाख ९९ हजार र ४९ लाख ९९ हजार तोकिएको छ । सिमित अवधिका लागि मात्र तोकिएको सो मूल्य पछि वढेर ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार पुग्ने कम्पनीको भनाई छ ।

सेरेसका यी नयाँ ईभी दुइ दिनपछि शुरु हुने नाडा अटो शोमा अवलोकन गर्न पाइनेछ । साथै ग्राहकले मेलास्थलबाटै गाडीको वुकिङ समेत लिन सक्नेछन् ।

Share News