परिसूचक दोहोरो अंकले बढ्दा चार कम्पनीमा लाग्यो पोजेटिभ सर्किट

<p>काठमाडौं । आइतबारको नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । दिनभर उतारचढाव देखिएको बजारमा परिसूचक १०.२३ अंकले बढेर १९४२.६८ बिन्दुमा पुगेको छ । दोहोरो अंकले बढेको बजारमा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, सुभम् पावरको ९.९९ प्रतिशत, न्यादी हाइड्रोपावरको ९.९८ प्रतिशत र मेन्छियम् हाइड्रोपावरको सेयर [&hellip;]</p>

काठमाडौं । आइतबारको नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । दिनभर उतारचढाव देखिएको बजारमा परिसूचक १०.२३ अंकले बढेर १९४२.६८ बिन्दुमा पुगेको छ ।

दोहोरो अंकले बढेको बजारमा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, सुभम् पावरको ९.९९ प्रतिशत, न्यादी हाइड्रोपावरको ९.९८ प्रतिशत र मेन्छियम् हाइड्रोपावरको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ ।

आइतबारको बजारमा एक अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा कम हो । गत बिहीबारको बजारमा १ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ८ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि सबैभन्दा बढी प्रतिशत अर्थात ७.८१ प्रतिशतले घटेको छ । यससँगै कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ११८ रुपैयाँमा भएको छ ।

बजारमा हाइड्रोपावर समूह ओरालो लागेको छ भने कारोबारमा आएका बाँकी सबै समूह उकालो लागेका छन् ।

Share News