चार अर्ब बढीको हकप्रद सेयर ल्याउँदै चार कम्पनी, सेबोनसँग मागे अनुमति

<p>काठमाडौं । धितोपत्र बजारमा चार अर्ब बढीको हकप्रद सेयर आउने भएको छ । जलविद्युत अर्थात हाइड्रोपावर क्षेत्रका चार कम्पनीले ४ अर्ब ३३ करोड ७० लाख ९४ हजार २२३ रुपैयाँ बराबरको हकप्रद ल्याउन प्रकृया अघि बढाएका हुन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अनुसार लिवर्टी इनर्जी कम्पनी, न्यादी ग्रुप पावर, आँखुखोला जलविद्युत कम्पनी र बरुण हाइड्रोपावर कम्पनीले [&hellip;]</p>

काठमाडौं । धितोपत्र बजारमा चार अर्ब बढीको हकप्रद सेयर आउने भएको छ । जलविद्युत अर्थात हाइड्रोपावर क्षेत्रका चार कम्पनीले ४ अर्ब ३३ करोड ७० लाख ९४ हजार २२३ रुपैयाँ बराबरको हकप्रद ल्याउन प्रकृया अघि बढाएका हुन् ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अनुसार लिवर्टी इनर्जी कम्पनी, न्यादी ग्रुप पावर, आँखुखोला जलविद्युत कम्पनी र बरुण हाइड्रोपावर कम्पनीले उक्त रकम बराबरको कूल ६ करोड ९३ लाख ८३ हजार ७३४ कित्ता सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएका हुन् ।

यी कम्पनीले हालै मात्रै बोर्डसँग हकप्रद सेयर जारी गर्न अनुमति मागेका हुन् । लिवर्टीले ७ लाख ५० हजार, न्यादी ग्रुप पावरले एक करोड ८५ लाख १२ हजार ७९२, आँखुखोलाले एक करोड २० लाख र बरुण हाइड्रोले ५३ लाख ५८ हजार १५० कित्ता सेयर निष्काशन गर्ने माग गर्दै बोर्डमा पुगेका हुन् ।

यसैगरी, सेयर निष्काशन गर्नको लागि लिवर्टीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, न्यादी ग्रुपले सिद्धार्थ क्यापिटल, आँखुखोलाले नबिल इन्भेष्टमेन्ट बैंकिङ र बरुणले आरबीबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेका छन् ।

चार कम्पनीमध्ये बरुण हाइड्रोले गत भदौ २२ गते बोर्डसँग अनुमति माग गरेको हो भने अन्य तीन कम्पनीले एकैदिन अर्थात भदौ २१ गते हकप्रद सेयर जारी गर्न सेबोनसँग अनुमति मागेका हुन् ।

यससँगै बोर्डले अनुमति दिएसँगै यी चार कम्पनीले विद्युत नियम आयोगबाट स्वीकृति लिनुपर्ने हुन्छ । त्यसपछि सम्बन्धित कम्पनीले आफ्नो वार्षिक तथा विशेष साधारण सभामा प्रस्ताव पेश गरेपछि मात्रै सो बराबरको हकप्रद जारी गर्ने छन् ।

Share News