काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले ग्लोबल आइएमई समुन्नत योजना–१ को रकम फिर्ता लिन आग्रह गरेको छ । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्र्तगत सञ्चालित ७ वर्ष बन्दमुखी ग्लोबल आइएमई समुन्नत योजना–१ परिपक्व भएको हुँदा साँवा र प्रतिफल रकम लिन बाँकी रहेका इकाईधनीहरुलाई लिन आग्रह गरेको हो ।
ग्लोबल आइएमई समुन्नत योजना–१ वि.सं. २०७९ चैत ११ गते परिपक्व भएको हो । नेपाल धितोपत्र बोर्डको गत बैशाख २६ गतेको निर्देशन बमोजिम सामूहिक कोष नियमावली, २०६७ मा रहेको व्यवस्था अनुसार खारेजीमा लगिएको हो । र, सोही नियमावलीको नियम ३२ को उपनियम ३ बमोजिम हाल कायम इकाईधनीहरुले प्राप्त गर्ने साँवा रकम तथा प्रतिफलमा प्रचलित कानून बमोजिम कर कट्टा गरी हितग्राही खातामा अद्यावधिक बैंक खातामा गत साउन २५ गतेदेखि रकम जम्मा गरि सकिएको क्यापिटललले जनाएको छ ।
आफ्नो खातामा रकम जम्मा भए नभएको एकिन गर्नुहुन समेत क्यापिटलले भनेको छ । हालसम्म पनि आफ्नो रकम जम्मा नभएका इकाईधनीहरुको विवरण ग्लोबल आइएमई क्यापिटलको वेभसाइटमा राखिएको छ ।
साथै, योजनाले आर्थिक वर्ष २०७६/७७ मा प्रतिशत र आर्थिक वर्ष २०७७/७८ मा १ सय प्रतिशत वितरण गरिएको नगद लाभांश लिन बाँकि रहेका ईकाइधनीहरुले पनि यथासिघ्र हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न तथा भौतिक सेयरको हकमा कम्पनीमा सम्पर्क राख्न अनुरोध गरेको छ ।