‘इन्ट्राडे’ कै उच्च बिन्दुमा पुग्यो परिसूचक, सिद्धार्थ प्रिमियरसहित चार कम्पनीको सेयरमा सर्किट

<p>काठमाडौं । सोमबारको सेयर बजार ४४.३० अंकले बढेको छ । नियमित समयसम्म भएको कारोबारमा परिसूचक अघिल्लो दिनको तुलनामा २.२८ प्रतिशतले बढेर १९८६.९९ बिन्दुमा पुगेको छ । उक्त बिन्दु &#8216;इन्ट्राडे&#8217;को तुलनामा उच्च हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आइतबार एक अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार एक अर्ब ५१ [&hellip;]</p>

काठमाडौं । सोमबारको सेयर बजार ४४.३० अंकले बढेको छ । नियमित समयसम्म भएको कारोबारमा परिसूचक अघिल्लो दिनको तुलनामा २.२८ प्रतिशतले बढेर १९८६.९९ बिन्दुमा पुगेको छ । उक्त बिन्दु ‘इन्ट्राडे’को तुलनामा उच्च हो ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आइतबार एक अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार एक अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबारमा आएका कूल २७८ वटा स्क्रीप्समध्ये साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सर्वाधिक कारोबार भएको छ । कर्पोरेशनको एकैदिन ६ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५ हजार ७ सय रुपैयाँ छ ।

बजारमा चार कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमा तीन वटा हाइड्रोपावर र एउटा बीमा कम्पनी रहेका छन् । थ्री स्टार हाइड्रोपावरको ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३७८ रुपैयाँ पुगेको छ । मेनछिय्म हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २१५ रुपैयाँ, मोलुङ्ग हाइड्रोपावर कम्पनीको ९.८७ प्रतिशतले बढेर प्रतिकित्ता १८२.६० रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता ७९१ रुपैयाँमा सेयर कारोबार भएको छ ।

सोमबार कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । जीवन बीमा सूमह सबैभन्दा बढी ३०४.५६ अंकले बढ्दा म्युचुअल फण्ड समूह सबैभन्दा कम अर्थात ०.०९ अंकले बढेको छ ।

Share News