काठमाडौं । माईखोला हाइड्रोपावरले स्थगित गरेको वार्षिक साधारण सभा पुनः आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २५ गते बसेको बैठकले असोज १८ गते विहान १० बजे काठमाडौंको लर्ड पार्टी भेन्यु धुम्बाराहीमा साधारण सभा बोलाएको हो ।
यसअघि गत भदौ १७ गते सञ्चालक समितिको बैठकले असोज ९ गते वार्षिक साधारसभा बोलाएको थियो । ५ दिन अर्थात् भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले प्राविधिक कारण असोज ९ गते साधारण सभा सम्भव नरहेकाले स्थगित गरेको सूचना नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत् जानकारी गराएको थियो ।
कम्पनीले हाल कायम सेयर पूँजी ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँको १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले १ः१ अनुपात अर्थात् हाल १ कित्ता सेयर भएका सेयरधनीहरुले नयाँ १ कित्ता पाउने छन् ।
कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असरा मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७९÷८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र आर्थिक वर्ष २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सञ्चालक समितिले गरेका निर्णय र कामकारवाहीहरु तथा संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्नेछ ।
कम्पनीको सभाले अन्य लगानी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै, संस्थापकबाट ४ जना, सर्वसाधारणबाट २ जना र १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा असोज ३ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।