नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो २६ जना कर्मचारी

<p>काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सात जिल्लाका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सुनसरीको इटहरी, पर्साको विरगंज, कास्कीको पोखरा, काभ्रेको बनेपा, मकवानपुरको होटौडा, नवलपरासीको कावासोती, बाँकेको नेपालगंजका लागि कर्मचारी माग गरेको हो । कम्पनीले मार्केटिङ तथा अनडरराइटिङ विभागका लागि सहायकमा ८ जना, कनिष्ठ अधिकृतमा [&hellip;]</p>

काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सात जिल्लाका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ ।

कम्पनीले सुनसरीको इटहरी, पर्साको विरगंज, कास्कीको पोखरा, काभ्रेको बनेपा, मकवानपुरको होटौडा, नवलपरासीको कावासोती, बाँकेको नेपालगंजका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले मार्केटिङ तथा अनडरराइटिङ विभागका लागि सहायकमा ८ जना, कनिष्ठ अधिकृतमा ३ जना, कनिष्ठ सहायकमा ८ जना, अधिकृतमा ३ जना कर्मचारी माग गरेको हो ।

प्रशासन विभागमा अधिकृतका लागि १ जना, पुनर्बीमा अधिकृतका लागि १ जना, रिसेप्शनिष्टमा सहायकका लागि १ जना र डिजिटल मार्केटिङमा कनिष्ट सहायकका लागि १ जना कर्मचारी गरी कुल २६ जना कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Share News