मंगलबार एसबीआई बैंकको सर्वाधिक कारोबार

<p>काठमाडौं । मंगलबारको बजारमा नेपाल एसबीआई बैंकको सर्वाधिक कारोबार भएको छ । कारोबारमा आएका २७६ वटा स्क्रिप्समध्ये एसबीआई बैंकको सबैभन्दा बढी अर्थात ७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । बैंकको सेयर मूल्य प्रतिकित्ता ३३८ रुपैयाँ छ । जुन अघिल्लो दिनको तुलनामा २ रुपैयाँले घटी हो । सोमबारको बजारमा बैंकको अन्तिम कारोबार प्रतिकित्ता [&hellip;]</p>

काठमाडौं । मंगलबारको बजारमा नेपाल एसबीआई बैंकको सर्वाधिक कारोबार भएको छ । कारोबारमा आएका २७६ वटा स्क्रिप्समध्ये एसबीआई बैंकको सबैभन्दा बढी अर्थात ७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

बैंकको सेयर मूल्य प्रतिकित्ता ३३८ रुपैयाँ छ । जुन अघिल्लो दिनको तुलनामा २ रुपैयाँले घटी हो । सोमबारको बजारमा बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३४० रुपैयाँमा भएको थियो ।

समग्र बजारमा ३९ लाख १६ हजार कित्ता सेयर एक अर्ब १३ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । उक्त कारोबार रकम अघिल्लो कारोबारको तुलनामा घटी हो । सोमबारको बजारमा एक अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

मंगलबार कारोबार मात्रै नभई सेयर मूल्य मापक नेप्से परिसूचक पनि घटेको छ । बजारमा परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९७ प्रतिशतले घटेको हो ।

घटेको बजारमा पनि शुभम् पावरको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८१४.६० रुपैयाँ पुगेको छ । सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य घट्ने सूचीमा थ्री स्टार हाइड्रोपावर रहेको छ । जसको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ३४०.२० रुपैयाँमा झरेको छ ।

मंगलबार म्युचुअल फण्ड बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।

Share News