काठमाडौं । तिजको मुखैमा सुनको मूल्य तोलामा ८ सयले घटेकाे छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँ तोकिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार ३९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।