काठमाडौं । सीजी ब्राण्डले ‘सीजीले घर सजाऔं, खुशीले चाड मनाऔं’ नामक नयाँ योजना शुरु गरेको छ । इलेक्ट्रोनिक्स तथा होम अप्लाइन्सेज ब्राण्ड सीजीले दशैं र तिहारको अवसरमा उक्त चाडपर्व योजना ल्याएको हो ।
यो योजना अन्तर्गत ग्राहकले कुनै पनि सीजी ब्राण्डका उत्पादनहरू खरिद गर्दा क्यासब्याक र आकर्षक पक्का उपहारहरू प्राप्त गर्नेछन् । ग्राहकले ५६ हजार चार सय रुपैयाँसम्म बचत गर्ने अवसर पाउने छन् । सीमित समयको लागि दिइएको यस योजना गत भदौ २५ गतेदेखि नेपालभर लागू गरिएको छ ।
साथै, ग्राहकले मेगा एक्सचेन्ज अफर, शून्य प्रतिशत नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउने छन् ।
सीजी ब्राण्डका सबै इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, डिशवाशर, एयर कन्डिसन, भ्याकुम क्लिनर र स्पिकरहरूमा यो योजना लागू हुने बताइएको छ ।