बीमा सर्भेयरको परीक्षामा १५ जना पास, क-कसले पाउने भए लाइसेन्स ?

<p>काठमाडौं । बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता)को परीक्षामा १५ जना पास भएका छन् । नेपाल बीमा प्राधिकरणले लिएको अनलाईन परीक्षामा सहभागीमध्ये १५ जना उत्तीर्ण भएका हुन् । यससँगै उत्तीर्ण सबैले बीमा सर्भेयरको लाइसेन्स पाउने भएका छन् । उत्तीर्ण हुनेमा मिलन सिग्देल, अशेष घिमिरे, भिम्सेन चन्द्र आचार्य, अशिम गुरागाईं, विश्वास थापा, राम बहादुर श्रेष्ठ, मोहन गौतम, निकेश [&hellip;]</p>

काठमाडौं । बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता)को परीक्षामा १५ जना पास भएका छन् । नेपाल बीमा प्राधिकरणले लिएको अनलाईन परीक्षामा सहभागीमध्ये १५ जना उत्तीर्ण भएका हुन् ।

यससँगै उत्तीर्ण सबैले बीमा सर्भेयरको लाइसेन्स पाउने भएका छन् । उत्तीर्ण हुनेमा मिलन सिग्देल, अशेष घिमिरे, भिम्सेन चन्द्र आचार्य, अशिम गुरागाईं, विश्वास थापा, राम बहादुर श्रेष्ठ, मोहन गौतम, निकेश गौतम, विकास कुमार रोशन, अजय केशी, ललित भाट, चूडामणी सुवेदी, नविन कुमार श्रेष्ठ, प्रविण कार्की र राजन थापा रहेका छन् ।

यी सबैले प्राधिकरणले योभन्दा पहिलो पटक दिएको सर्भेयरको तालिममा भाग लिएका थिए । तर परीक्षा भने तोकिएको समयमा दिन सकेका थिएनन् ।

प्राधिकरणले गत असोज २ गते अनलाइनबाट उक्त परीक्षा सञ्चालन गरेको थियो । प्राधिकरणको केन्द्रीय कार्यालयबाट सञ्चालित भएको परीक्षामा भाग लिन प्राधिकरणबाट यसअघि आयोजित बीमा सर्भेयर तालिममा सहभागी भएका तर इजाजत नलिएका सर्भेयरहरुमध्ये ३९ जनाले अनलाइन आवेदन दिएका थिए । तीमध्ये २८ जनाले बीमा सर्भेयरको अनलाइन परीक्षामा अनलाइन सबमिट गरेका प्राधिकरणले जानकारी गराएको छ ।

Share News