ईसेवाले ल्यायो आफ्नो मर्चेन्टहरुलाई आकर्षक अफर

<p>काठमाडौं ।  ईसेवाले आफ्नो मर्चेन्टहरुलाई आकर्षक अफर ल्याएकाे छ। यस अफर मार्फत ईसेवा क्यूआर मर्चेन्टहरूले ५०० रूपैयाँसम्मको टप-अप तथा हरेक हप्ता ५ जना व्यवसायीले १ महिनाको इन्टरनेट सित्तैमा जित्न सक्नेछन् । यो अफर ३ महिनासम्म (भाद्र १५ देखि मङ्सिर १४, २०८०) चल्ने कम्पनीले जनाएको छ। यस अफर मार्फत क्यूआर मर्चेन्ट भएका व्यवसायीहरूले इसेवामार्फत प्राप्त बिजनेस [&hellip;]</p>

काठमाडौं ।  ईसेवाले आफ्नो मर्चेन्टहरुलाई आकर्षक अफर ल्याएकाे छ।

यस अफर मार्फत ईसेवा क्यूआर मर्चेन्टहरूले ५०० रूपैयाँसम्मको टप-अप तथा हरेक हप्ता ५ जना व्यवसायीले १ महिनाको इन्टरनेट सित्तैमा जित्न सक्नेछन् । यो अफर ३ महिनासम्म (भाद्र १५ देखि मङ्सिर १४, २०८०) चल्ने कम्पनीले जनाएको छ।

यस अफर मार्फत क्यूआर मर्चेन्ट भएका व्यवसायीहरूले इसेवामार्फत प्राप्त बिजनेस क्यूआर मार्फत भुक्तानी लिएको हुनुपर्नेछ । व्यवसायीहरूले इसेवा बिजनेस क्यूआर सक्रिय भएको पहिलो महिनामै १०० वा सो भन्दा बढिको ३ वा बढि कारोबार क्यूआर मार्फत प्राप्त गर्दा १० देखि ५०० रूपैयाँसम्मको टप-अप प्राप्त गर्न सक्नेछन् । साथमा, हरेक हप्ता ५ जना भाग्यशाली मर्चेन्टले १५०० रूपैयाँबराबरको एक महिनाको इन्टरनेट प्याकेज पनि जित्न सक्नेछन् ।

ईसेवामार्फत प्राप्त बिजनेस क्यूआर प्रयोग गरी भुक्तानी लिँदा व्यवसायीले आफ्नो इच्छाअनुसार इसेवा खाता वा बैंक खातामा पैसा जम्मा गर्न सक्नेछन् । साथमा, ईसेवा प्रयोगकर्ताले समेत डिजिटल माध्यमको प्रयोग गरी नगद वा चानचुनको झन्झट बिना सजिलै कारोबार गर्न सक्नेछन् ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७* लाख ग्राहकले सेवा लिइरहेका छन् ।

Share News