घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा मंगलबार सुन चाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ४ सयले घटेको हो । सोमबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन चाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ४ सयले घटेको हो ।

सोमबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ४ रुपैयाँले घटेर १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Share News