मंगोलिया विरुद्ध नेपालको किर्तिमानी जित, बने तीन रेकर्ड

<p>काठमाडौं । नेपालले मंगोलियालाई पराजित गरेको छ । चीनमा जारी १९औँ एसियाली खेलकुदको बुधबार भएको खेलमा मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित निकाल्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो विश्वकीर्तिमानी जित हो । नेपालले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो [&hellip;]</p>

काठमाडौं । नेपालले मंगोलियालाई पराजित गरेको छ । चीनमा जारी १९औँ एसियाली खेलकुदको बुधबार भएको खेलमा मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित निकाल्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो विश्वकीर्तिमानी जित हो ।

नेपालले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो ।

नेपालका लागि युवा अलराउन्डर कुशल मल्लले विश्वकीर्तिमानी शतकीय इनिङ खेले । ५० बलको सामना गरेका उनले १२ छक्का र ८ चौकाको मद्दतमा अविजित १३७ रन बनाए । योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा छिटो शतक बनाउने ब्याटर बनेका छन् ।

यस्तै, कप्तान रोहित पौडेलले २७ बलमा ६ छक्का र २ चौकाको मद्दतमा ६१ रनको इनिङ खेले भने दीपेन्द्र सिंह ऐरीले १० बलमा ८ छक्काको मद्दतमा अविजित ५२ रन बनाए । ऐरी टी–२० मा सर्वाधिक छिटो अर्धशतक बनाउने ब्याटर बने । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो ।

Share News