काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य एकैदिन ८ सयले घटेको हो ।
बुधबार छापावाल सुनको मूल्य ८ सयले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले बताएका छन् ।
साथै, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।