काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ले बुक क्लोज मिति तय गरेको छ । लाभांश वितरण प्रयोजनार्थ फण्डले असोज २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैले असोज २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम इकाईधनीहरुले उक्त लाभांश प्राप्त गर्नेछन् ।
फण्डले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट इकाईधनीहरुलाई करसहित ९.६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको छ ।
फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ भने कोष प्रबद्र्धक नबिल बैंक रहेको छ ।