ग्रामिण क्षेत्रको विकासमा जोडिदै एफएनसीसीआई, ढोरपाटनमा कार्यकारिणी बैठक शुरु

<p>काठमाडौं । ग्रामिण क्षेत्रको विकासमा जोडिने लक्ष्यसहित नेपाल उद्योग वाणिज्य महासंघले केन्द्रीय कार्यकारिणी समितिको बैठक ढोरपाटनमा राखेको छ । आज र भोलि हुने उक्त बैठकमा देशको वर्तमान आर्थिक अवस्था, उद्योगी व्यवसायीले भोग्नु परेको समस्या र महासंघले खेल्नु पर्ने भूमिकाको बारेमा छलफल केन्द्रीत हुनेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघले संस्थागत सदस्यहरुमा [&hellip;]</p>

काठमाडौं । ग्रामिण क्षेत्रको विकासमा जोडिने लक्ष्यसहित नेपाल उद्योग वाणिज्य महासंघले केन्द्रीय कार्यकारिणी समितिको बैठक ढोरपाटनमा राखेको छ । आज र भोलि हुने उक्त बैठकमा देशको वर्तमान आर्थिक अवस्था, उद्योगी व्यवसायीले भोग्नु परेको समस्या र महासंघले खेल्नु पर्ने भूमिकाको बारेमा छलफल केन्द्रीत हुनेछ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघले संस्थागत सदस्यहरुमा अपनत्वको भावना विकास गर्नुका साथै स्थानीय तहमा लगानी वृद्धि गर्न देशका ठूला व्यवसायीलाई जोड्ने लक्ष्यसहित महासंघको बैठकहरु देशको ग्रामिण क्षेत्रसम्म पुर्याउने लागिएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

बाग्लुङको पुरानो र पर्यटकीयय नगर ढोरपाटनको पर्यटन प्रर्बद्धन गर्ने उदेश्यले तेस्रो कार्यकारीणीको बैठक ढोरपाटनमा राखिएको उनले बताए । यस्ता बैठकहरु देशका अन्य क्षेत्रमा पनि पालैपालो गर्ने सोचमा आफू रहेको उनले बताए ।

बागलुङ उद्योग वाणिज्य संघ बागलुङ र ढोरपाटन उद्योग वाणिज्य संघ बागलुङको आतिथ्यतामा बसेको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका ७० जनाको कार्यसमिति सदस्यसहित सरोकारवाला निकाय, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका जनप्रतिनिधिको सहभागिता रहेको बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले बताए ।

महासंघको बैंठकलाई ढोरपाटन नगरपालिकाले निकै महत्वका साथ लिएको र कार्यक्रमलाई सफल बनाउन सम्पूणर् हिसावले सहयोग गरिरहेको नगरपालिकाका उप प्रमुख धनबहादुर कायतले बताए । यस बैठकसँगै ढोरपाटनको प्रचार हुने, अरु संघ संस्थाको बैठक पनि यस पर्यटकीय नगरीमा बस्ने, पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने, निजी क्षेत्रको लगानी थपिने आशा नगरपालिकाले गरेको उनले बताए ।

बैठकका आउने पाहुँनाहरुको खाना तथा आवासका लागि ढोरपाटन उपत्यकामै व्यवस्थापन मिलाइएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष कार्यालयले समेत महासंघको केन्द्रीय कार्यकारिणी बैंठक राख्नको लागि सहयोग गरेको छ ।

एक पटक देशभरका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले ढोरपाटनको पर्यटन प्रर्बद्धनमा सहयोग पुर्‍याउने अपेक्षा राखिएको बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष कँडेलले बताए । ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधा सम्पन्न होटल सहित अन्य व्यवसायीक लगानी भित्राउन यो बैठकले सहयोग पुर्‍याउने विश्वास महासंघले पनि लिएको छ ।

उद्योगी व्यवसायी ढोरपाटन पुग्दा पर्यटकीय क्षेत्रको विकास, लगानीको वातावरण बनाउन, कृषि उपजको बजारीकरणमा कोशे ढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । ढोरपाटन आलुको राम्रो उत्पादन छ भने स्याउको प्रचुर संभावना रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल सहित कार्यसमिति सदस्यले ढोरपाटन क्षेत्रको अध्ययन, स्थलगत अवलोकन र शिकार आरक्ष कार्यालयको भ्रमण समेत गर्ने कार्ययोजना रहेको छ ।

ढोरपाटनको प्रसिद्ध ढोरबराह मन्दिर समेत दर्शन गर्ने कार्यक्रम रहेको छ । ढोरपाटन सिकार आरक्ष, ढोरपाटन उपत्यका, स्याउ बगैचा, ढोर बराह मन्दिर, देउराली, निशेलढोर, शिकार आरक्ष कार्यालयको संग्रहालय लगायत ढोरपाटनमा पर्यटकलाई लोभ्याउने अनेकौ स्थानहरु रहेकोमा तिनीहरुको प्रचार प्रसार हुँने गरी बैठकको आयोजना गरिएको छ ।

Share News