कनेक्ट आईपीएसबाट फ्लाइटको टिकटको भुक्तानी गर्दा २०० रुपैयाँ क्यासब्याक

<p>काठमाडौं । कनेक्ट आईपीएसबाट फ्लाइटको टिकटको भुक्तानी गर्दा २०० रुपैयाँ क्यासब्याक पाइने भएको छ । यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइटको टिकटको भुक्तानी कनेक्ट आईपीएसबाट गर्दा आकर्षक &#8216;उडु–उडु लाग्छ अफर&#8217; सार्वजनिक भएको छ । यस अफर अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको अनलाइन बुकिङ्ग गरी कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्दा हरेक हप्ता २०० जनाले २०० रुपैयाँ [&hellip;]</p>

काठमाडौं । कनेक्ट आईपीएसबाट फ्लाइटको टिकटको भुक्तानी गर्दा २०० रुपैयाँ क्यासब्याक पाइने भएको छ ।

यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइटको टिकटको भुक्तानी कनेक्ट आईपीएसबाट गर्दा आकर्षक ‘उडु–उडु लाग्छ अफर’ सार्वजनिक भएको छ ।

यस अफर अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको अनलाइन बुकिङ्ग गरी कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्दा हरेक हप्ता २०० जनाले २०० रुपैयाँ क्यासब्याक पाउनेछन् । साथै, ३ जना भाग्यशाली ग्राहकले अफरको अन्त्यमा कपल स्टेकेशन जित्न सक्ने कम्पनीले जनाएको छ ।

क्यासब्याक अफर बुद्ध एयर, सौर्य एयरलाइन्स (पी), श्री एयरलाइन्स र यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा उपलब्ध रहेको छ । यो अफर १४ असोजदेखि ११ कार्तिकसम्म उपलब्ध हुनेछ ।

एयरलाइन्सको वेब वा मोबाइल एपबाट फ्लाइट टिकटका बुकिङ गरी अयललभअतक्ष्एक् मार्फत भुक्तानी गर्ने सबै ग्राहकहरू यो अफरको लागि योग्य हुनेछन् । अफर अवधिमा हप्ता सकिएपछि कनेक्ट आईपीएसको वेबसाइटमा साप्ताहिक विजेताको घोषणा गरिनेछ र क्यासब्याक रकम ग्राहकले भुक्तानी गरेको बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

कनेक्ट आईपीएस, बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक प्रमुख तथा सजिलो माध्यम हो । कनेक्ट आईपीएस को वेब मार्फत प्रति कारोबार २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ । कनेक्ट आईपीएस मार्फत चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भाद्र मसान्त सम्म ७५१ अर्ब भन्दा बढी भुक्तानी कारोबार फछर्याैट भइसकेको छ ।

Share News