दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । आइतबार एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । एनआईसी एशियाको २९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ५९०.३१ रुपैयाँ कायम भएको छ । जसको [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । आइतबार एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

एनआईसी एशियाको २९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ५९०.३१ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ७६१.५० रुपैयाँ थियो । यससँगै सोमबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ५९०.३१ रुपैयाँलाई आधार मानेर हुने छ ।

त्यस्तै, एभरेष्ट बैंकको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ५१४.५५ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ५६६ रुपैयाँ थियो । यससँगै सोमबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ५१४.५५ रुपैयाँलाई आधार मानेर हुने छ ।

Share News