काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ्गलि लिमिटेडले मेरो सेयरमा फ्रि ब्यालेन्स रहेको यकिन गरेर मात्रै सेयर बिक्री गर्न लगानीकर्तालाई आग्रह गरेको छ ।
वल्र्ड इन्भेस्टर विक–२०२३का अवसरमा सचेतनामूलक सूचना प्रकाशित गर्दै सिडिएसले फ्रि ब्यालेन्स मात्र बिक्री गर्न मिल्ने हुँदा मेरो सेयरमा फ्रि ब्यालेन्स रहेको यकिन गरि बिक्री गर्नु पर्ने र तोकिएको समयभित्र ई डीआईएस गरिसक्नु पर्ने बताएको हो । अन्यथा क्लोजआउट वापत २० प्रतिशत जरिवाना तिर्न पर्ने सिडिएसको भनाइ छ ।
त्यस्तै, कारोबार गरेको भोलिपल्ट (टी प्लस वान)भित्र ईडीआईएस गरि आफूले बिक्री गरेको धितोपत्र सम्बन्धित ब्रोकरको पुल खातामा जम्मा गरिसक्नुपर्नेछ ।
त्यस्तै धितोपत्र कारोबारको राफसाफ फछ्र्यौट टी प्लस टु हुने भएकोले राफसाफ समयभित्र बिक्री गरेको धितोपत्र तथा खरिद गरेबराबरको रकम निर्धारित समयमा जम्मा गरिसक्नुपर्ने हुन्छ ।
पूँजीगत लाभकर गणनाका लागि आफुले बिक्री गरेको धितोपत्र हस्तान्तरण गर्नु अघि भारित औषत लागत तथा क्जयचत(तभचm, ीयलन(त्भचm ज्यमिष्लन गणना गर्नु पर्ने हुन्छ ।
हितग्राही खाता तथा मेरोसेयर प्रत्येक बर्ष नविकरण गर्नु पर्ने सिडिएसको भनाइ छ । मेरोसेयरको युजरनेम र पासवर्ड लगायत हितग्राही खातासँग सम्बन्धीत विवरण गोप्य राखि सिडिएससिको आधिकारिक प्रणाली मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
धितोपत्रको सार्वजनिक निश्कासनमा एक भन्दा बढि हितग्राही खाता बाट आबेदन गर्न नहुने, घरायसि तथा मृत्यु नामसारी गर्दा सम्बन्धीत निक्षेप सदस्य मार्फत आवश्यक कागजात रुजु गराई सोहि निक्षेप सदस्य मार्फत प्रकृया अगाडि बढाउनु पर्ने हुन्छ ।