तोलामा १३ सयले घट्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको हो । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको हो ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएकोमा मंगलबार प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको छ ।

Share News