काठमाडौं । ग्लोबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा भएको छ । फण्डले आर्थिक वर्ष २०७९/८० को नाफाबाट इकाईधनीहरुलाई करसहित ५ प्रतिशत अर्थात ५ करोड १२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव असोज १५ गते बसेको ग्लोबल आइएमई क्यापिटलको सञ्चालक समितिको बैठकले गरेको हो ।
त्यस्तै, यो योजनाको इकाईधनी दर्ता किताब अर्थात बुक क्लोज सम्बन्धी सूचना भने पछि प्रकाशित गरिने क्यापिटलले जानकारी गराएको छ ।