सेयर बजार राताम्मे, एक अर्बमा खुम्चियो कारोबार

<p>काठमाडौं । मंगलबारको सेयर बजार राताम्मे देखिएको छ । कारोबारमा आएका सबै समूहहरु ओरालो लागेसँगै समग्र सेयर बजार राताम्मे देखिएको हो । सेयर मूल्य मापक नेप्से परिसूचक पनि १७.५६ अंकले घटेर १९५८.७२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८८ प्रतिशतले घटी हो । त्यस्तै, दिनभरको कारोबार रकम पनि एक अर्बमा खुम्चिएको छ । [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजार राताम्मे देखिएको छ । कारोबारमा आएका सबै समूहहरु ओरालो लागेसँगै समग्र सेयर बजार राताम्मे देखिएको हो ।

सेयर मूल्य मापक नेप्से परिसूचक पनि १७.५६ अंकले घटेर १९५८.७२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८८ प्रतिशतले घटी हो ।

त्यस्तै, दिनभरको कारोबार रकम पनि एक अर्बमा खुम्चिएको छ । सोमबार एक अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार एक अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी कारोबार गर्नेको अग्रस्थानमा सिटिजन लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सको ५ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य घटेर प्रतिकित्ता ४४७ रुपैयाँमा झरेको छ ।

सोमबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी अर्थात ७.९१ प्रतिशतले बढेर प्रतिकित्ता ६९६ रुपैयाँ पुगेको छ । यता टप लुजरको अग्रस्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था छ । जसको सेयर मूल्य ७.५४ प्रतिशतले घटेर प्रतिकित्ता ७७९ रुपैयाँमा झरेको छ ।

Share News