बझाङमा भूकम्प : ठूलो भौतिक क्षति, चोट-पटक लागेका तस्वीर सार्वजनिक (फोटोफिचर)

<p>काठमाडौं । सुदूरपश्चिममा भूकम्पका कारण भौतिक संरचनासहित मानवीय क्षति पुगेको छ । बझाङको सदरमुकामका केही पक्की घरहरू पनि चर्किएका छन् भने ठाउँठाउँमा पहिरो समेत गएका छन् । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन [&hellip;]</p>

काठमाडौं । सुदूरपश्चिममा भूकम्पका कारण भौतिक संरचनासहित मानवीय क्षति पुगेको छ । बझाङको सदरमुकामका केही पक्की घरहरू पनि चर्किएका छन् भने ठाउँठाउँमा पहिरो समेत गएका छन् ।

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

यस्तै, ३ बजेर ५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । उक्त भूकम्पको धक्का काठमाडौं लगायत विभिन्न जिल्लामा महसुस गरिएको छ ।

हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

तस्वीर : सामाजिक सञ्जाल  

 

Share News