काठमाडौं । दराज अनलाइन सपिङ्गले आउँदै गरेको दशैंलाई लक्षित गर्दै ‘दराज दशैं धमाका’ सार्वजनिक गरेको छ । असोज १७ गतेबाट लागू हुने ‘दराज दशैं धमाका’मा ७० प्रतिशतसम्मको छुट र सात हजार रुपैयाँ बराबरको भौचर पाइने छ ।
यो योजनाअन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भौचर प्राप्त गर्न सक्नेछन् भने डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फाइदा लिन सक्नेछन् ।
यसका साथै अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोगमा १५ प्रतिशत अर्थात १५ सय रुपैयाँसम्म र क्रेडिट कार्डमा २० प्रतिशत अर्थात २ हजार रुपैयाँसम्मको छुट, ३५ सय रुपैयाँभन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गर्ने ग्राहकहरुले एक लाख बराबरको सपिङ्ग भौचर पाउने छन् । दशैं धमाका छुट र उपहार मात्र नभएर उत्कृष्ट अनलाइन सपिङ्ग अनुभव सङ्गाल्दै जीवनमा उमङ्ग भर्ने अवसर पनि रहेको दराजले जानकारी गराएको छ ।