देशभर पुँजी बजार सम्बन्धी सचेतना फैलाउँदै सेबोन र एफएनसीसीआई

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच देशभर पुँजी बजार सम्बन्धि सचेतना फैलाउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धमा बिहीबार एफएनसीसीआईको केन्द्रिय कार्यालयमा आयोजित &#8216;शिक्षा तथा सचेतना सम्बन्धि सम्झौता&#8217; नामक एक कार्यक्रममा सेबोनका अध्यक्ष रमेशकुमार हमाल र एफएनसीसीआईका अध्यक्ष चन्द्र प्रसाद ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच देशभर पुँजी बजार सम्बन्धि सचेतना फैलाउने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्बन्धमा बिहीबार एफएनसीसीआईको केन्द्रिय कार्यालयमा आयोजित ‘शिक्षा तथा सचेतना सम्बन्धि सम्झौता’ नामक एक कार्यक्रममा सेबोनका अध्यक्ष रमेशकुमार हमाल र एफएनसीसीआईका अध्यक्ष चन्द्र प्रसाद ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार सेबोनले महासंघको सहकार्यमा देशभर सेयर बजारसङ्ग सम्बन्धि सचेतना फैलाउने र शिक्षा प्रदान गर्ने छ । त्यस्तै, विश्व लगानिकर्ता सप्ताह २०२३ को अवसर पारेर सो कार्यक्रम गर्न लागेको सेबोनले जनाएको छ ।

सेबोन र महासंघको संयुक्त रुपमा यो कार्यक्रम पहिलोपटक भएको बताउँदै महासंघको जिल्ला नगरतर्फका उपाध्यक्ष सुरज कृष्ण वैद्यले देशभरिका दुर दराजका मान्छेले पनि सेयर बजारमा लगानी गर्ने वातावरण होस् भन्ने हेतुले यो कार्यक्रम गर्न लागिएको बताए । साथै, सेयर कारोबार गर्दा जोखिम र लगानीकर्ताको रकम नडुबोस् भन्ने उद्देश्यले यो सचेतना कार्यक्रमको शुरुवात गरिएको उनको भनाई छ ।

त्यस्तै, महासंघको वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकालले सेबोन र महासंघबीचको सहकार्यले पुँजी बजारमा तरङ्ग ल्याउने बताएका छन् ।

Share News