सिटिजन लाइफपछि नबिलको सर्वाधिक कारोबार, म्युचुअल फण्डबाहेक सबै समूह राताम्मे

<p>काठमाडौं । बिहीबारको सेयर बजार दोहोरो अंकले घटेको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ११.०४ अंकले घटेर १९५६.९२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५६ प्रतिशतले घटी हो । कारोबारमा आएका अधिकांश समूह ओरालो लागेसँगै नेप्से परिसूचक घटेको हो । बिहीबार म्युचुखल फण्ड बाहेक सबै समूह राताम्मे देखिएका छन् । बजारमा [&hellip;]</p>

काठमाडौं । बिहीबारको सेयर बजार दोहोरो अंकले घटेको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ११.०४ अंकले घटेर १९५६.९२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५६ प्रतिशतले घटी हो ।

कारोबारमा आएका अधिकांश समूह ओरालो लागेसँगै नेप्से परिसूचक घटेको हो । बिहीबार म्युचुखल फण्ड बाहेक सबै समूह राताम्मे देखिएका छन् ।

बजारमा परिसूचकसँगै सेयर कारोबार पनि घटेको छ । बिहीबारको सेयर कारोबार एक अर्ब १० करोड रुपैयाँमा खुम्चिएको छ । जसमध्ये सबैभन्दा बढी कारोबार गर्नेको शीर्ष स्थानमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ भने दोश्रोमा नबिल बैंक छ ।

सिटिजन लाइफको ४ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ३ करोड १८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बिहीबारको बजारमा बराही हाइड्रोपावर पब्लिकको सेयर मूल्य ९.३० प्रतिशतले बढेको छ । जुन अन्य कम्पनीको तुलनामा बढी हो । त्यस्तै, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेर प्रतिकित्ता ६४३ रुपैयाँमा झरेको छ ।

Share News