राष्ट्र बैंकले खर्बौंको बजारसँग लंगुरबुर्जाको जस्तो ब्यवहार गर्यो : राधा पोखरेल

<p>काठमाडौं । लगानीकर्ता राधा पोखरेलले राष्ट्र बैंकले खर्बौंको बजारसँग लंगुरबुर्जाको जस्तो ब्यवहार गरेको बताएकी छिन् । राष्ट्र बैंकले संशोधन गरेको सेयर धितो कर्जाको सीमामा असन्तुष्टि पोख्दै उनले यस्तो बताएकी हुन् । उनले राष्ट्र बैंकको नीतिका कारण पूँजी बजार सिथिल बनेको समेत आरोप लगाईन् । ‘राष्ट्र बैंकको चेपुवा नीतिबाट थिलथिलो बनेको पुँजी बजारमा समय समयमा लिने [&hellip;]</p>

काठमाडौं । लगानीकर्ता राधा पोखरेलले राष्ट्र बैंकले खर्बौंको बजारसँग लंगुरबुर्जाको जस्तो ब्यवहार गरेको बताएकी छिन् । राष्ट्र बैंकले संशोधन गरेको सेयर धितो कर्जाको सीमामा असन्तुष्टि पोख्दै उनले यस्तो बताएकी हुन् । उनले राष्ट्र बैंकको नीतिका कारण पूँजी बजार सिथिल बनेको समेत आरोप लगाईन् ।

‘राष्ट्र बैंकको चेपुवा नीतिबाट थिलथिलो बनेको पुँजी बजारमा समय समयमा लिने नीति नियमको परिवर्तन हेर्दा खर्बौंको बजारसँग लंगुरबुर्जाको जस्तो ब्यवहार गर्ने गरेको छ,’ उनले भनिन्, ‘नेपालको सेयर बजार टुकुटुक हिँड्न थालेको समयमा नियामक निकायबाट बेला बेलामा बेमौसमी बाजा बजाउँदा लगानीकर्ताको सम्पत्तिमा गम्भीर समस्यामा छ ।’

राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै सेयर धितो कर्जाको सीमा व्यक्तिगततर्फ १५ करोड रुपैयाँ र संस्थागतलाई २० करोड रुपैयाँ पुर्याएको हो । लगानीकर्ताको चहर्याई रहेको घाँउमा राष्ट्र बैंकले थप नुन चुक छर्किने काम गरेको समेत आरोप उनको छ ।

‘धेरै समयदेखि राष्ट्र बैंकको नीतिको मारमा रहेको सेयर बजारमा कतिपय बजार विरोधी व्यवस्था, नियामकको बेमौसमी प्रहार, ब्याजको मारमा प्रताडित लगानीकर्ता चारैतिरबाट थिलथिलो हुँदै गएको पुँजी बजारमा ब्याजदर वृद्धिको अस्वस्थ प्रतिस्पर्धालगायतका कारणले बजार घटिरहँदा धेरै लगानीकर्ता अलमलमा छदैछन् त्यस्को बाबजुद लगानीकर्ताहरुलाई चहर्याई रहेको घाँउमा राष्ट्र बैंकले थप नुन चुक छर्किएको छ,’ उनले भनिन् ।

Share News