आरएसडिसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

<p>काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको असोज १९ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई ९.०५२६ प्रतिशतल लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९÷८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत [&hellip;]</p>

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको असोज १९ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई ९.०५२६ प्रतिशतल लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७९÷८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको हाल चुक्ता पूँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँ रहेको छ । लघुवित्तले ७ करोड ४७ लाख ८२ हजार ८६५.२२ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ३९ लाख ३५ हजार ९४०.२७ रुपैयाँ गरी कूल ७ करोड ८७ लाख १८ हजार ८०५.४९ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्ने छन् ।

Share News