बजार चलायमान हुन मार्जिन लेण्डिङ्गको समस्या समाधान गर्नुपर्छ : लगानीकर्ता पौडेल

<p>काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष तथा लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बजार चलायमान हुन मार्जिन लेण्डिङ्गको समस्या समाधान गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित विश्व लगानिकर्ता सप्ताह २०२३ अन्तर्क्रिया तथा समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अब मार्जिन लेण्डिङ्गको समस्या समाधान गर्न तिर जोड दिनु पर्छ, यो समस्या छिटोभन्दा छिटो भयो भने [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष तथा लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बजार चलायमान हुन मार्जिन लेण्डिङ्गको समस्या समाधान गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित विश्व लगानिकर्ता सप्ताह २०२३ अन्तर्क्रिया तथा समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अब मार्जिन लेण्डिङ्गको समस्या समाधान गर्न तिर जोड दिनु पर्छ, यो समस्या छिटोभन्दा छिटो भयो भने बजार बढी चलायमान हुन्थ्यो,’ उनले भने ।

त्यस्तै, पुँजी बजार बढ्नु भनेको चलखेल हुनु, सीमित व्यक्तिले कमाउनु मात्रै रहेको भन्ने बुझाइ रहेको तर बजार बढ्नु भनेको राजस्व बढ्नु लगायत राम्रा पक्षका बारेमा बुझाउन नसकिएको उनी बताउँछन् ।

पुँजीगत लाभकर स्पष्ट नहुँदा लगानीकर्ता अन्यौलमा परेका बताउँदै उनले पुँजी बजारको संस्थागत विकासका लागि नियामाक निकायले काम गर्नु पर्ने सुझाव राखे ।

त्यस्तै, ब्रोकरको संख्या थप गर्दा लगानीकर्ताको लागि पनि नयाँ व्यवस्था गर्नु पर्ने लगानीकर्ता पौडेलको भनाई छ ।

Share News