डिम्याट खाता नवीकरण गर्ने व्यवस्था सँधैलाई हटाऔं : सीईओ आचार्य

<p>काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्ण पर्साद आचार्यले डिम्याट खाता नवीकरण गर्ने व्यवस्था सँधैलाई हटाउन आवश्यक रहेको बताएका छन् । उनले डिम्याट खाता नवीकरणमा सिडिएसको लागत नउठ्ने बताउँदै यस्तो बताएका हुन् । &#8216;डिम्याट खाता नवीकरणमा सिडिएसको लागत पनि उठ्दैन, नवीकरण गर्दा १ सय रुपैयाँ शुल्क लिँदा सिडिएसले १० रुपैयाँ मात्रै लिन्छ, [&hellip;]</p>

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्ण पर्साद आचार्यले डिम्याट खाता नवीकरण गर्ने व्यवस्था सँधैलाई हटाउन आवश्यक रहेको बताएका छन् । उनले डिम्याट खाता नवीकरणमा सिडिएसको लागत नउठ्ने बताउँदै यस्तो बताएका हुन् ।

‘डिम्याट खाता नवीकरणमा सिडिएसको लागत पनि उठ्दैन, नवीकरण गर्दा १ सय रुपैयाँ शुल्क लिँदा सिडिएसले १० रुपैयाँ मात्रै लिन्छ, जुन अपुग हो,’ आइतबार काठमाडौंमा आयोजित ‘विश्व लगानिकर्ता सप्ताह २०२३ अन्तर्क्रिया तथा समापन’ कार्यक्रममा बोल्दै उनले भने ।

त्यस्तै, उनले सिडिएसले कम जनशक्तिमा रातदिन काम गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

साथै, सबै लगानीकर्तालाई केवाइसी अनिवार्य भर्न आग्रह गर्दै उनले संस्थागत लगानीकर्ताको संख्या बढ्यो भने बजार बढ्न सक्ने बताए ।

Share News