सूचीकृत कम्पनीको संख्या ४०० पुर्याएर मात्रै बोर्डबाट बिदा हुन्छु : अध्यक्ष हमाल

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले नेपाल स्टकमा सूचीकृत कम्पनीको संख्या ४०० पुर्याएर बोर्डबाट बिदा हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘विश्व लगानिकर्ता सप्ताह २०२३ अन्तर्क्रिया तथा समापन’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘म आफ्नो इच्छाले सेबोनको अध्यक्षमा आएको होइन सरकारको निमन्त्रणमा आएको हुँ, मेरो कार्यकालमा २ सय [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले नेपाल स्टकमा सूचीकृत कम्पनीको संख्या ४०० पुर्याएर बोर्डबाट बिदा हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘विश्व लगानिकर्ता सप्ताह २०२३ अन्तर्क्रिया तथा समापन’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘म आफ्नो इच्छाले सेबोनको अध्यक्षमा आएको होइन सरकारको निमन्त्रणमा आएको हुँ, मेरो कार्यकालमा २ सय कम्पनीबाट ४ सय कम्पनी पुर्याएर बिदा हुन्छु,’ उनले भने ।

आफू अध्यक्ष भएपछि सेबोनमा तजबिजी र मान्छेको टाउको हेरेर स्वीकृत गर्ने प्रणाली हटेको उनको दावी छ ।

नियामक निकायमा बस्ने जोसुकै अधिकारिको आआफ्नो सीमा र दायरा हुने बताउँदै उनले भने- ‘म अध्यक्ष भएको पहिलो दिननै बुक बिल्डिङ्ग हाम्रो प्राथमिकता हो भनेको थिए, यो आजपनि प्राथमिकता छ ।’

त्यस्तै, बुक बिल्डिङ्ग राम्रो पक्ष भएपनि समस्याको सबै समाधान भने नभएको उनी बताउँछन् । प्रिमियममा आईपीओ जारी गर्ने व्यवस्था विश्वमा नभएको बताउँदै उनले यसमा फ्री प्राइसिङ्ग हुने बताए ।

राष्ट्र बैंकका गभर्नर अधिकारीलाई भेटेर सेयर कर्जामा व्यक्तिगत र संस्थागत लगानीकर्ता छुट्याउन आग्रह गरेको र सोही बमोजिम सेयर कर्जा सम्बन्धि व्यवस्था आएको उनले बताए । साथै, उनले आफ्नै सुझावमा राष्ट्र बैंकले गरेको प्राइभेट इक्विटी र भेण्चर क्यापिटल सम्बन्धि व्यवस्था गरेको दावी गरेका छन् ।

अध्यक्ष हमालका अनुसार दशैंअघि मार्जिन लेण्डिङ्गको कार्यविधि ल्याउने बोर्डको तयारी छ ।

त्यस्तै, उनले लगानीकर्तालाई अध्ययन गरी कम्पनीको विश्लेषण गरेर मात्र लगानी गर्न सुझाव दिएका छन् । त्यस्तै, नेपाली बजारमा विदेशी लगानीकर्ता शून्य रहेको उनले जानकारी गराए ।

‘१०/२० जनाको आवाजको भरमा देशको प्रणाली नै खतरामा पार्ने देखियो, आफूलाई अग्रज भन्ने व्यक्तिले राइट सेयरको सूचना ल्याएर सेयर मूल्य बढाए,’ उनले भने- ‘यस विषयमा सेबोनले अनुसन्धान गरिरहेको छ ।’

Share News