काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्डले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले चुक्ता पूँजीको १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
साथै, कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको साधारण सभा मंसिर ६ गते झम्सिखेल ललितपुर दिउँसो साढे ४ बजे सुरु हुनेछ ।
कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । त्यस्तै, सञ्चालकहरुको सञ्चालक भत्ता अनुमोदन गर्नेछ ।