नेप्से दोहोरो अंकले घट्दा एक अर्बमा खुम्चियो सेयर कारोबार

<p>काठमाडौं । सोमबारको बजारमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । बजारमा परिसूचक १२.५८ अंकले घटेर १९०८.६६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६५ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार एक अर्ब ८० करोड रुपैयाँ बराबरको भएको कारोबार सोमबार एक अर्ब १७ करोड [&hellip;]</p>

काठमाडौं । सोमबारको बजारमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । बजारमा परिसूचक १२.५८ अंकले घटेर १९०८.६६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६५ प्रतिशतले घटी हो ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार एक अर्ब ८० करोड रुपैयाँ बराबरको भएको कारोबार सोमबार एक अर्ब १७ करोड रुपैयाँमा खुम्चिएको छ ।

सोमबार नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ३ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

घटेको बजारमा सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६.८८ प्रतिशतले बढेको छ । जुन अन्य कम्पनीको तुलनामा बढी हो । आइतबारको तुलनामा हाइड्रोको सेयर मूल्य ३३ रुपैयाँले बढेर प्रतिकित्ता ५१३ रुपैयाँ पुगेको छ ।

बराही हाइड्रोपावर र हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यससँगै दुई कम्पनीको सेयर मूल्य घटेर क्रमशः प्रतिकित्ता ४९५ र ६१२ रुपैयाँमा झरेको छ ।

बजारमा उत्पादनमूलक र ट्रेडिङ समूह बढेका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।

Share News