नेप्सेमा एकैदिन दुई कम्पनीको आईपीओ सूचीकृत, बुधबारदेखि किनबेच गर्न पाइने

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । मंगलबार मात्रै हाथवे इन्भेष्टमेन्ट र माण्डू हाइड्रोपावरको आईपीओ सूचीकृत भएको हो । यससँगै यी दुई वटै कम्पनीको सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । मंगलबार सूचीकृत भएको कम्पनीहरुको सेयर भोलिपल्ट अर्थात बुधबार असोज २४ गतेदेखि कारोबारमा आउने छ । [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । मंगलबार मात्रै हाथवे इन्भेष्टमेन्ट र माण्डू हाइड्रोपावरको आईपीओ सूचीकृत भएको हो ।

यससँगै यी दुई वटै कम्पनीको सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । मंगलबार सूचीकृत भएको कम्पनीहरुको सेयर भोलिपल्ट अर्थात बुधबार असोज २४ गतेदेखि कारोबारमा आउने छ ।

जसमध्ये हाथवे इन्भेष्टमेन्टको २ करोड ३४ लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि ओपनि न्यूनतम ९५.०९ रुपैयाँ र अधिकतम २८५.२७ रुपैयाँ ओपनिङ्ग रेञ्ज दिएको छ । उक्त रेञ्जको आधारमा कम्पनीको सेयर बुधबारदेखि कारोबारमा आउने छ । कम्पनीको नेप्से सिम्बोल भने एचएटीएचवाई रहेको छ ।

त्यस्तै, नेप्से सिम्बोल एमएएनडीयू सिम्बोल नम्बर तोकिएको माण्डु हाइड्रोको एक करोड ३६ लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि न्यूनतम १२४.४२ र अधिकतम ३७३.२६ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकिएको छ । यससँगै बुधबार कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ ।

Share News