
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले आयोजना गरेको अन्तर कलेज हाजिरी जवाफका विजेताले पाए एक लाख रुपैयाँ नगद पुरस्कार पाएको छ । अन्तिम चरणको ग्राण्ड फिनालेमा पहिलो विजेता भएको काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम)ले एक लाख रुपैयाँ नगद पुरस्कारसहित पाएको हो ।
त्यस्तै, नेपाल कलेज अफ म्यानेजमेण्ट कलेज फस्ट रनर अप भएको छ । जसले ट्रफी र ५० हजार रुपैयाँ नगद पुरस्कार हात पारेको छ । त्यसैगरी, क्वेस्ट इन्टरनेशनल कलेजले अन्तिम राउण्डमा उत्कृष्ट प्रदर्शन गर्यो र २५ हजार रुपैयाँसहित तेस्रो स्थानको ट्रफी हात पारेको छ ।
संघले गत साता एमबीएएन अन्तर कलेज क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिता-२०२३ आयोजना गरेको थियो । गत असोज १५ गतेदेखि असोज २१ गतेसम्म भएको विश्व लगानीकर्ता सप्ताह-२०२३ को अवसरमा संघले उक्त प्रतियोगिता आयोजना गरेको हो ।
उक्त कार्यक्रममा पहिलो चरणमा छनोट भएका ८ वटा कलेजका विजेता टोलीहरु काठमाडौं कलेज अफ म्यानेजमेण्ट, रिलायन्स कलेज, द ब्रिटिस कलेज, काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज, नेपाल कलेज अफ म्यानेजमेण्ट, युनिग्लोब कलेज र एपेक्स कलेज द्धितीय चरणका सेमिफाइनल राउन्डको लागि योग्य साबित भएका थिए ।

द्धितीय चरणमा प्रवेश गर्न सफल भएका ८ वटा टोलीमध्ये काठमाडौं कलेज अफ म्यानेजमेण्ट, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज र नेपाल कलेज अफ म्यानेजमेण्ट गरी चार वटा थिए ।
कार्यक्रमका मुख्य अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले यस किसिमको क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिता पहिलो पटक भव्यसाथ आयोजित गरिएको तर्क गरे ।
