यी हुन् सानिमा बैंकका १४ ठूला सेयरधनी, कसको स्वामित्व कति ?

<p>काठमाडौं । सानिमा बैंकमा १४ जना सेयरधनीको सबैभन्दा बढी सेयर स्वामित्व देखिएको छ । बैंकको वार्षिक प्रतिवेदनका अनुसार १४ जना सेयरधनीहरुको ४९.९३ प्रतिशत अर्थात् ६ करोड २२ लाख १३ हजार ४१७ कित्ता सेयर स्वामित्व रहेको छ । बैंकमा ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका १४ व्यक्ति तथा संस्थाहरुमध्ये सबैभन्दा धेरै सेयर अरुण कुमार ओझाको ७.९४ [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकमा १४ जना सेयरधनीको सबैभन्दा बढी सेयर स्वामित्व देखिएको छ । बैंकको वार्षिक प्रतिवेदनका अनुसार १४ जना सेयरधनीहरुको ४९.९३ प्रतिशत अर्थात् ६ करोड २२ लाख १३ हजार ४१७ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकमा ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका १४ व्यक्ति तथा संस्थाहरुमध्ये सबैभन्दा धेरै सेयर अरुण कुमार ओझाको ७.९४ प्रतिशत अर्थात् ९८ लाख ९१ हजार ३२३ कित्ता रहेको छ ।

त्यस्तै, टेक राज निरौलाको ६.८१ प्रतिशत अर्थात् ८४ लाख ८३ हजार ५५० कित्ता, जिवनाथ लामिछानेको ५.५१ प्रतिशत अर्थात् ६८ लाख ६७ हजार २९४ कित्ता, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४.५० प्रतिशत अर्थात् ५६ लाख १० हजार कित्ता र विनय कुमार श्रेष्ठको ४.३८ प्रतिशत अर्थात् ५४ लाख ६० हजार ६०९ कित्ता सेयर स्वामित्व रहेको छ ।

त्यस्तै, कर्मचारी संचय कोषको ४.२८ प्रतिशत अर्थात् ५३ लाख ३३ हजार ९६० कित्ता, अमला इन्भेष्टमेन्ट प्रा.लि.को ३.९७ प्रतिशत अर्थात् ४९ लाख ४७ हजार ३२३ कित्ता, घनश्याम थापाको ३.७० प्रतिशत अर्थात् ४३ लाख ५७ हजार १७६ कित्ता, खेम राज लामिछानेको ३.५० प्रतिशत अर्थात् ४३ लाख ५६ हजार २६५ कित्ता र राम कृष्ण शाहको २.४९ प्रतिशत अर्थात् ३१ लाख ५ हजार ८२७ कित्ता सेयर स्वामित्व रहेको छ ।

त्यस्तै, जय गणेश इन्भेष्टमेन्ट प्रा.लि.को ०.९५ प्रतिशत अर्थात् ११ लाख ८७ हजार १७३ कित्ता, दिलीप श्रेष्ठको ०.७६ प्रतिशत अर्थात् ९ लाख ४५ हजार ६४५ कित्ता, शाम्बा लामाको ०.७१ प्रतिशत अर्थात् ८ लाख ८५ हजार ६३७ कित्ता र गीता श्रेत्रीको ०.६३ प्रतिशत अर्थात् ७ लाख ८१ हजार ६३५ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकका अनुसार कूल सेयरको १७.९८ प्रतिशत सेयर स्वामित्व संस्थाहरुको रहेको छ । त्यस्तै, सर्वसाधारणको भने ८२.०२ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको रहेको बैंक्को तथ्याङ्क छ ।

Share News